जनता टाइम्स

१६ कार्तिक २०८२, आईतवार ११:५०

सिद्धार्थ बैंक र सिटिजन्स बैंक लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


काठमाडौं । दुई वाणिज्य बैंककाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक १६ गते) अन्तिम दिन हाे ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले भालि बुक क्लाेज गर्दैछन् ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंकले कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा चौबीसौं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सिटिजन्स बैंकले भने हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।