काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको वित्तीय सूचकहरूमा सुधार देखिएको छ। बैंकको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोहोरो अंकले बढेको छ।
बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार, तीन महिनामा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १०.५२ प्रतिशत वृद्धि हो। गत आवको असोज मसान्तसम्म बैंकले ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि दोहोरो अंकले बढेको छ। बैंकको सञ्चालन नाफा ११.३० प्रतिशतले बढेर १९ करोड ३५ लाख रुपैयाँ पुगेको छ। गत आवको पहिलो त्रैमासमा यो रकम १७ करोड ३८ लाख रुपैयाँ थियो।
तर, बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य कमी देखिएको छ। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ कायम भएको छ।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी (EPS) ३ रुपैयाँ २१ पैसा र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसा रहेको विवरणमा उल्लेख छ।













प्रतिक्रिया दिनुहोस्