जनता टाइम्स

७ मंसिर २०८२, आईतवार ०९:१२

अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि


काठमाडौं, ७ मंसिर । नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो ।  सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ ।

मूल्य वृद्धिसँगै अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ, ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ र मिडिएम चार सय ९० रुपैयाँ कायम भएको छ ।