जनता टाइम्स

४ मंसिर २०८३, शुक्रबार १४:०८

मुख्यमन्त्री किरण थापा मगरद्वारा पनौती नगर अस्पतालको स्थलगत निरीक्षण


बनेपा, मंसिर ४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज काभ्रेपलाञ्चोकको पनौती नगर अस्पतालको स्थलगत निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले अस्पतालको वर्तमान अवस्था, स्वास्थ्य सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपलब्ध स्वास्थ्य सुविधाबारे जानकारी लिनुभएको थियो।

उहाँले नागरिकलाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा आवश्यक सुधार, सेवा विस्तार तथा व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने विषयमा समेत छलफल गर्नुभएको थियो।

साे क्रममा उहाँले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल र व्यवस्थापन सुधार गर्नुपर्नेमा जोड दिनुभयो । यसकाे लागि प्रदेश सरकारले आवश्यक सहयाेग गर्ने मुख्यमन्त्रीले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।