जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार ०९:०१

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि 


काठमाडौं, मंसिर १०। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।

यसअघि बुधबार बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी रहेकाले छलफल केही दिनसम्म निरन्तर चल्ने बताइएको छ ।