लन्डन, भदौ १५
नेपालका लागि बेलायतका पूर्वराजदूत रिचार्ड मोरिसको शव फेला परेको छ । चार महिनादेखि बेपत्ता भएका मोरिसको शव सोमबार फेला परेको हो ।
मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए । मोरिसको शव आफ्नो घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको डेलीमेलले जनाएको छ ।
प्रहरीले उनको मृत्युलाई संदिग्ध मानिरहेको छैन । मोरिस न् २०१५ देखि १९ सम्म नेपालको राजदूत भएर काम गरेका थिए । ५२ वर्षीय मोरिसका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्