जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार १६:४५

रेकर्ड राख्दै काठमाडौं उपत्यका : २५४० जनामा कोरोना संक्रमण


काठमाडौं, असोज २२

काठमाडौं उपत्यकामा २५४० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनालाई कोरोना पोजेटिभ देखिएको हो । काठमाडौं उपत्यकामा भने दिनहुँ संक्रमण बढ्दो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गरिएको थियो । देशभर आज मात्रै ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।