जनता टाइम्स

२६ पुष २०७७, आईतवार १३:०१

ह्वात्तै घट्यो सुनको भाउ, आज तोलाको कति ?


काठमाडौं, पुस २६

सुनको प्रतितोला मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ । शुक्रबारको तुलनामा सुनको प्रतितोला मूल्य २३ सयले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आइतबारका लागि छापावल सुनको प्रतितोला मूल्य ९३ हजार रुपैयाँ तोकेको छ ।

शुक्रबार ९५ हजार तीन सय रुपैयाँ छापावल सुन कारोबार भएको थियो । आजका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको प्रतितोला भाउ पनि ६० रुपैयाँले सस्तिएको छ ।

शुक्रबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अमेरिकी नयाँ राष्ट्रपतिको आगमनपछि घोषणा हुनसक्ने सहुलियतको आसमा अमेरिकी डलर मजबुत बन्दा सुनको मूल्य घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् ।