जनता टाइम्स

१८ चैत्र २०७७, बुधबार १४:५९

एनआइएसी एसिया लघुवित्तको कारोबार नेप्सेले रोक्यो


काठमाडौं, चैत १८

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचना नै नदिई एनआईसी एसिया लघुवित्तको शेयर कारोबार रोकेको छ । आज टिएमएसमा आएको समस्या समाधान भएर फेरी कारोबार खोल्दा नेप्सेले एनआईसी एसिया लघुवित्तको कारोबार खुलाएको छैन । टिएमएसमा कम्पनीको सिम्बल हाल्दा कम्पनीको नाम नै देखाउँदैन ।

कम्पनी नै नदेखाएपछि लगानीकर्ताले खरिद वा बिक्रि अर्डर हाल्न पाएका छैनन् । नेप्सेले बिना कारण र बिना जानकारी लगानीकर्ताको सम्पति बन्धक बनाएको हो । कम्पनीको कारोबार मर्जरपछि आजबाटै पुनः कारोबार सुचारु भएको हो । लामो समयपछि कारोबार खुल्दासमेत लगानीकर्ताले शेयर किनबेच गर्न नपाएका हुन् ।