जनता टाइम्स

६ बैशाख २०७८, सोमबार ०८:४६

युवा उद्यमीलाई प्रधानमन्त्रीको आग्रह : ‘मेड इन नेपाल’ लाई बढावा दिनुहोस्


काठमाडौं बैशाख ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेड इन नेपाल’ लाई बढावा दिन युवा उद्यमीहरुलाई आग्रह गर्नुभएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को टोली र प्रधानमन्त्री ओलीबीच भएको भेटमा उहाले यस्तो बताउनुभएको हो ।

नीति निर्माणमा युवा उद्यमीहरुको संलग्नता, रोजगारीका अवसर, कर प्रणाली र लगायत विविध विषयमा प्रधानमन्त्री ओली र युवा उद्यमीहरुबीच छलफल भएको थियो । उक्त अवसरमा बोल्दै ओलीले युवा उद्यमशीलताको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । युवा उद्यमीहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताउँदै उहाँले उत्पादनलाई प्राथमिकता दिन युवा उद्यमीहरुलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष प्रकाशदेव पालिखेले युवा उद्यमलाई प्रवद्र्धन गर्न मञ्चले अगुवाई गर्ने बताउनुभयो ।