जनता टाइम्स

१६ जेष्ठ २०७८, आईतवार १५:४०

नेप्सेको मूल्यमा सर्किट


काठमाडौं, जेठ १६

साताको पहिलो दिन नेप्से सूचक दोहोरो अंकले बढेको छ । आगामि आर्थिक वर्ष २०७८/०७९ को बजेट घोषणापछिको पहिलो दिनको कारोबारमा नेप्से सूचक दोहोरो अंकले बढेको हो । आज नेप्से सूचक १२.५४ अंकले बढेर २८२७.९३ को बिन्दुमा पुगेको छ । आज १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४५ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको यो हालसम्म कै उच्च कारोबार हो । आज ज्योति विकास बैंक, अन्खुखोला हाईड्रोपावरलगायत १७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

विकास बैंक, फाईनान्सलगायत ७ क्षेत्रको सुचक बढेको छ भने माईक्रो फाईनान्स, अन्य ६ क्षेत्रको समूहगत सुचक घटेको छ । विकास बैंक समुहको सूचक सर्बाधिक ७.३९ प्रतिशतले बढेको छ भने सर्वाधिक बढी अन्य समुहको सूचक २.४९ प्रतिशतले घटेको छ । त्यस्तै नेशनल हाईड्रो कम्पनिको सबैभन्दा धेरै ४७ करोड ४० लाख र अरुण काबेली पावर लिमिटेडको ४६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।