जनता टाइम्स

२४ जेष्ठ २०७८, सोमबार ०७:०३

नेकपा खारेज अदालतबाट होइन, प्रचण्डले नचाहेपछि भएको हो : प्रधानमन्त्री ओली


काठमाडौं, जेठ २४ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आलीले सर्वोच्च अदालतको फैसलाका कारण नेकपा एकता भंग नभएको दावी गर्नुभएको छ । तत्कालीन नेकपाका प्रथम अध्यक्ष समेत रहेका ओलीले आफ्नो कारण पार्टी एकता भएको र भोलिका दिनमा पनि एकताका निम्ति क्रियाशील रहने बताउनुभयो । उहाले आइबार साँझ वक्तव्य जारी गर्दै ओलीले सर्वोच्च अदालतको फागुन २३ को फैसालले पार्टी एकता भंग नगरेको बरु नाम मात्र अर्को लिएर निर्वाचन आयोगमा जान भनेको स्मरण गराउनुभएको छ ।

ओलीले नेकपा एकता कायम नहुनुमा अदालत होइन तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड दोषी रहेको दावी गर्नुभयो । अदालतको फैसलाले नाम जुध्ने कुरामात्र गरेको भन्दै त्यसपपछि प्रचण्डले इच्छा नदेखाएको ओलीले प्रष्ट पार्नुभयो । ओलीले भन्नुभयो सर्वोच्च अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्ने गरि गरिएको दर्ता मिलेन भनेको हो । एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो ।

यसका लागि समय पनि दिएको हो । पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ । तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण मेरो प्रयाश सफल हुन सकेन । त्यसपछि मात्रै हामी एकीकरणका पक्षधरहरुको साझा पार्टी, एकताको बिरासत बोकेको पार्टीका रुपमा नेकपा (एमाले) लाई नयाँ स्वरुप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेका हौं ।