नेपालमा बिकासमा राजनीति धेरै भयो। हाम्रो श्रोत साधनमा चरम राजनीति घुस्यो। भकारीभरी धान छ, तर त्यसलाई नछोइकन पेट भर्न पाउनु पर्छ भन्ने भिखारी मानसिकता हावी भयो। निजगढ बिमानस्थल बनाउदा चरा, मुसा कता जान्छन भन्ने बिषय उठाउने, सुरुङ मार्ग बनाउदा मुसाका दुला टालिन्छन भन्ने, नवलपरासीको फलाम खानि जङगल क्षेत्रमा पर्छ त्यो पनि उत्खनन गर्नुहुन्न भन्ने, दैलेखको पेट्रोल खानि खोतल्नु हुन्न जंगल मासिन्छ भन्ने, युरेनियम, तामाखानी, चुनढुंगा यि सबैले बातावरण बिगार्छन, नचलाउ भन्नेले मुलुक बिकास किन गर्छौ, नगर भन्ने हो अब ? हैन भने बिकास मानव आवश्यकले महशुस हुन्छ, आवश्यकताले श्रोत खोज्छ, श्रोत भनेको हामी बसेको धर्तिमा छ। अर्को ग्रहबाट आउँदैन।
गुरु भट्टराई
गत जेष्ठ १५ गते आएको नेपाल सरकारको ०७८/७९ को बजेट कार्यक्रमको बुँदा नम्बर १९९ मा उल्लेख गरिएको छ, ‘वातावारीय प्रभाव मुल्याङ्कनको आधारमा खानिजन्य ढुङ्गा गिट्टी बालुवा निकासी गरी ब्यापार घाटा न्युनिकरण गरिने छ।’ नेपालका प्राकृतिक श्रोतहरुमा मुख्य रुपमा जलश्रोत, जडिबुटी, खेतियोग्य जमिन, उत्खनन हुन बाँकी रासायिनिक तथा धातुजन्य खनिज, ढुङ्गा माटो हुन भन्ने कुरामा कुनै द्विबिधा हुनुपर्ने कारण छैन। जहाँसम्म प्राकृतिक श्रोत दोहनले पर्यावरण र बातावरणमा प्रभाव पार्ने कुरा छ, हामीसँग भएका यी कुनै पनि श्रोत दोहनले प्राकृतिक पर्यावरणलाई कुनै न कुनै रुपमा असर पुर्याउँछन भन्ने कुरा स्वतः सिद्ध छ।

मानव आँफै प्राकृतिक पर्यावरणको निम्ति सहयोगी प्राणी हैन । उसका असिमित चाहना प्रकृतिसंगत छँदै छैनन। मानव हितका निम्ति कार्बन उत्सर्जन घातक बन्दै गएको कुरा सर्वविदितै छ। ८ अर्ब मानिसले श्वास लिँदा लिएको कार्बनडाइअक्साइड किन पचाउदैनन् र ग्लोबल वार्मिङ गराइरहेका छन ? वातारण समाप्त भयो भन्नेहरुले श्वास फाल्न बन्द गर्ने कि नगर्ने ? प्रकृतिमा ७९ प्रतिशत कार्बनडाइअक्साइड छ, तर कमसेकम आफुले श्वास लिएको कार्बनडाइअक्साइड त नफालौ न, के यो सम्भव छ ? कि हावा प्राकृतिक श्रोत हैन ? हैन भन्ने हो भने अक्सिजनको हाहाकारले लाखौं मान्छे मरेको त आजै हामी बेहोरिरहेका छौं।
प्राकृतिक श्रोतको दोहनलाई अलिक मिहिन ढंगमा आँफैसँग तुलना गरेर हेर्ने कि नहेर्ने ? यो गम्भीर प्रश्न हो। दुनियाँमा सिर्जना भएका सबै मानव सुबिधा प्राकृतिक दोहनबाटै प्राप्त बिषय हुन। कुनै वस्तु न सिर्जना गर्न सकिन्छ, न त नष्ट नै गर्न सकिन्छ भन्ने सामान्य बैज्ञानिक तथ्य बुझेकाले यती कुरा सहजै बुझ्छन। अर्थात आज हामी जती कुरा उपभोग गरिरहेका छौ, यी सबै प्रकृति दोहनबाट नै प्राप्त हुन्छ। फरक यती हो त्यस्तो दोहनले प्राप्त भौतिकता भन्दा नोक्सान धेरै हुने कुरा मानवजीवन बिरोधी कुरा हो। यसमा गम्भीर ध्यान जानै पर्छ।
प्राकृतिक स्रोत साधन दोहनमा पहिलो विश्व र दोस्रो विश्व कति अगाडि छन भन्ने कुरा हामी सबैले बुझेका हौ। उनिहरुले आफुलाई आवश्यक हुने भौतिक सुख सुबिधाको निम्ती प्राकृतिक श्रोतको चरम दोहन गरिसकेपछि त्यसबाट उत्पन्न वातावरणीय समस्यासँग जुध्न हामी जस्ता तेस्रो विश्वका नागरिकलाई कार्बनको ब्यापार भन्ने एउटा बिषय झुन्ड्यादिएका छन। अर्थात प्राकृतिक श्रोत बिल्कुल नछोइकन तिनले ध्वस्त बनाएको प्राकृतिक बातावरण केही कौडी पैसा लिएर जोगाइदिनु पर्ने ठेक्का हामीलाई प्राप्त छ। तेस्रो मुलुकका नागरिकलाई प्राप्त छ।

हामीले गरिविसँग प्रकृति साट्नु पर्ने तिनको कुटिल षड्यन्त्र छ । यो षड्यन्त्र र नियोजित खेलबाट हामी जोगिनु पर्ने छ। पहिलो र दोस्रो विश्वका मुलुकले निर्माण गरेका युद्ध सामाग्री, गोला बारुध, चरम औधोगिकरण, रासायनिक फ्याक्ट्रीले सिध्याएको पर्यावरण प्रति हामी अनबिज्ञ झै बनेका छौ। मुलुकमा उपलब्ध श्रोत साधनको प्रयोग गरेर १८ औ शताब्दिको जीवनबाट माथि उठाउने कुरा गर्दा तीब्र बिरोध गर्छौ। आखिर किन र कसले एस्तो प्रबृत्ति र मानसिकताको बिकास गरिदिएको छ यो आश्चर्यको बिषय छ।
जहाँसम्म नेपाल सरकारले उपयुक्त बातावरणीय अध्ययन पश्चात ढुङ्गा, माटो, गिट्टी जस्ता खनिज उत्खनन गर्ने र निर्यात गर्ने कुरा ल्याएको छ, यसलाई चुरे पहाडसँग जोडेर चरम राजनीति गर्ने गरिएको छ। बजेटमा चुरे उत्खनन गर्ने भन्ने कुरा कही कतै उल्लेख छैन। बर्तमानमा चुरे र त्यसभन्दा दक्षिण देशभरी हज्जारौ ठाउँमा बिधिबिपरित खोला,नदी दोहन भएको छ। अनियन्त्रित ढंगले क्रसर उद्योग सञ्चालन गर्ने काममा स्थानीय चुल्ठे मुन्द्रे, माफिया, स्थानिय नेता, दलका नेता, प्रहरी, जिल्ला प्रशासन कार्यालय संलग्न छन । स्पष्ट नितिको अभावमा मनपरी ढंगले खोला उत्खनन भएर कैयौं सडक, पुलहरु जोखिममा परेका छन।

खोला, नदी सतहमा ढुङ्गा नभेटेर १० मिटर खाल्टोबाट गिट्टी बालुवा उत्खनन गरिएको छ, जसले गर्दा धेरै ठाउँमा दुर्घटनासमेत भएका छन। यही स्तम्भकारको स्थानीय ठाउँ बर्दिबासमा त्यहाका बाहुबलीहरुले १० भन्दा बढी ठाउँमा क्रसर उद्योग सञ्चालन गरेका छन । जुन एउटा पनि बिधिसंगत छैनन। ती क्रसर न चुरे पहाडमा छन, न त चुरेबाट आएका ढुङ्गा गिट्टी राजमार्ग दक्षिण आउँछन। पर्साको २ नम्बर पुल आसपासको खोलामा हेर्ने हो भने बिजोक स्थिती छ। यस्ता उदाहरण देशैभरी छन। तर मुलुकको पुर्वाधार निर्माण गर्ने मुख्य संस्था सडक बिभागले पर्याप्त ढुङ्गा गिट्टी बालुवा नपाएर आयोजना बिलम्भ हुँदा आयोजनाको समय बढाउनु पर्ने स्थिती छ, ठेकेदारले बिलम्भ भएको रकम सरकारसँग दावी गर्नुपर्ने स्थिती बनेको छ। ढुङ्गा, माटोको देश नेपाल भौतिक पूर्वाधार निर्माण गर्न ढुङ्गा, माटो नपाएर बिकासमा अवरोध बेहोर्नु पर्ने बिडम्बनापूर्ण स्थितिमा छ ।

जहाँसम्म पुर्व राष्ट्रपतिको पालामा चुरे संरक्षण आयोजना ल्याइएको बिषय छ, हो यसले चुरे संरक्षणको कुरा मात्रै गर्यो, सिन्को भाँचेन । अर्बौ रुपैयाँ खर्च गर्यो तर चुरे संरक्षणको नाममा खोल्सामा ५/१० वटा बाँस रोप्ने काम बाहेक केही गरेन। खासगरी प्रदेश नम्बर-२ को चुरे क्षेत्र ध्वस्त बनाएको पञ्चायतका पूर्व बनमन्त्री हेमबहादुर मल्लको पालामा हो। उनको पालमा चुरेको बन सखाप बनाएर काठ भारत तस्करी गरियो। चुरे आज कुनै कारण जोगिएको छ, भने त्यो सामुदायिक बनका कारण जोगिएको छ। चुरे जोगाउन राष्ट्रपति चुरे संरक्षण आयोजनाले सिन्को भाँचेन, त्यसलाई तत्काल बिघटन गर्नु जरुरी छ । त्यसैले चुरे संरक्षण आयोजनाका तात्कालिन प्रमुख पूर्वसचिव रामेश्वर खनाल राजिनामा दिएर भागेका हुन। अहिले खनाल के भन्छन त्यसको कुनै अर्थ छैन।
मधेशको बाढी, जल-सतह घट्दै जानुमा मुल समस्या अर्कै छ। त्यो हो पहाडमा निर्माण गरिएका नन-इन्जिनियरिङ्ग ग्रामीण सडक। स्थानिय तहका नेता अचेल डोजर मालिक भएका छन। बाटोको नाममा जती पहाड भत्कायो उती पैसा आउने भएपछि नेपालका पहाड मेचीदेखि-महाकाली सबै रक्ताम्य बनाइएका छन। त्यहाँको माटो भू-क्षयका कारण नदीमा पानीसँगै लेदो बनेर आउँछ। पानीमा लेदो धेरै भएपछि यसले गर्हौगो ढुङ्गा तराइसम्म बोक्न सक्दैन र माथि नै छोड्छ। मधेशमा आउने भनेको माटो र बालुवा मात्रै हो, जसले नदीलाई झन-झन माथि उकासिरहेको छ।
नदी त्यो बेला मात्र स्थाई रुपमा बग्छ जव पानीले खोतल्ने नदीको बेडको मात्रा र नदिले बोकेर ल्याएको ढुङ्गा माटोको परीमाण लगभग उस्तै हुन्छ। कुनैबेला पूर्वपश्चिम राजमार्गको दक्षिण भागमा ठुला-ठुला ढुङ्गा भेटिन्थ्यो, आज गिट्टी पनि मुस्किलले भेटिन्छ। त्यसकारण तराइमा ढुङ्गा गिट्टीको खोजिमा माफिया र तस्करहरुले खोला, नदीमा १० मिटरसम्म खाल्डो खन्ने गरेका छन। ती ढुङ्गा गिट्टी आज पहाडबाट बगेर आएका हैनन। धेरै बर्ष पहिले बगेर आएका ढुङ्गा गिट्टिका लेयर हुन।

आज नेपालमा सञ्चालित अधिकांश क्रसर उद्योगले चुरेको ढुङ्गा गिट्टी प्रयोग गरेका हैनन, धेरै बर्ष पहिले बगेर आएका र नदिको बेडमा लेयर बनेर बसेका ढुङ्गा गिट्टी हुन। त्यसको तुलनामा चुरेको कोर क्षेत्रमा त धेरै कम क्रसर उध्योग छन। माफियाहरुले पूर्वपपश्चिम राजमार्गको दक्षिणतिर क्रसर उध्योग निस्फिक्री चलाउँने नियतले सरकारले चुरे सिध्याउन खोज्यो भनेर स्याल हुइया मच्चाएका छन। यिनको असली नियत धेरै मान्छेले बुझेकै छैनन। ती चुरेको मायाले छट्पटाएका हैनन, उनीहरुले गर्ने गैर कानूनी र अनियन्त्रित खोला, नदी दोहन नियमन हुने भयो भन्ने त्रास हो।
यसै बिषयलाई गम्भीर रुपमा लिदै सरकारले ढुङ्गा गिट्टी खानिलाई बातावरणिय मुल्याङ्कन गरेर सुरक्षित ठाउँबाट मात्र उत्खनन गर्ने र अनियन्त्रित ढंगले सन्चालित क्रसर उद्योग र चुरे अनी नदिनाला दोहनलाई नियन्त्रित र ब्यबस्थिति गर्न चाहेको हो। खानी बिभागले मुलुकभरी ९२ स्थानको बातावरणिय अध्ययन गरेर उत्खनन गर्न शुरक्षित भनिएका स्थानहरुलाई फोकस गरेर ब्यबस्थित र कानूनले निर्देशित ढुङ्गा गिट्टी खानि सञ्चालन गर्ने बिषय अघि सारेको कुरा सरकारको बजेटमा आएको हो। सरकारको नीति तथा बजेटमा चुरे अनियन्त्रित दोहन गर्ने कुरा कही-कतै उल्लेख गरेको छैन। ९२ वटा खानीमध्य केही चुरे क्षेत्रमा छन भने उत्तिकै महाभारत क्षेत्रमा पनि छन। र अध्ययन गरेर त्यस्ता स्थानहरु पहिचान गर्दै जाने भन्ने कुरा प्रष्ट छ।
नेपालमा बिकासमा राजनीति धेरै भयो। हाम्रो श्रोत साधनमा चरम राजनीति घुस्यो। भकारीभरी धान छ, तर त्यसलाई नछोइकन पेट भर्न पाउनु पर्छ भन्ने भिखारी मानसिकता हावी भयो। निजगढ बिमानस्थल बनाउदा चरा, मुसा कता जान्छन भन्ने बिषय उठाउने, सुरुङ मार्ग बनाउदा मुसाका दुला टालिन्छन भन्ने, नवलपरासीको फलाम खानि जङगल क्षेत्रमा पर्छ त्यो पनि उत्खनन गर्नुहुन्न भन्ने, दैलेखको पेट्रोल खानि खोतल्नु हुन्न जंगल मासिन्छ भन्ने, युरेनियम, तामाखानी, चुनढुंगा यि सबैले बातावरण बिगार्छन, नचलाउ भन्नेले मुलुक बिकास किन गर्छौ, नगर भन्ने हो अब ? हैन भने बिकास मानव आवश्यकले महशुस हुन्छ, आवश्यकताले श्रोत खोज्छ, श्रोत भनेको हामी बसेको धर्तिमा छ। अर्को ग्रहबाट आउँदैन।
हामी के चाहन्छौं ? नेपाल मरुभुमिको देश हैन, यहाँ तीन खालका जमिन छन :
१. मानव वस्ती,
२. कृषि योग्य जमिन
३. बन, पहाड र खोलानाला
यी कुनै पनि स्थान छुनु हुन्न भने मुलुक बिकास गर्ने आधार र श्रोत के हो ? नेपालमा बातावरण बिज्ञहरुले पनि बिचित्रकै बातावरण बिज्ञान पढेका हुने रहेछन। बातावरण भनेको रुख, बिरुवा र पानी मात्रै बुझ्ने। दुनियाँको बातावरणीय अध्ययन मुल्याङ्कनको दर्शनले भन्ने के हो भने, ‘कुनै पनि बिकास आयोजना सञ्चालन गर्नुपर्दा सकेसम्म त्यसबाट हुने बातावरणीय नोक्सानीलाई कम गर्ने वा कम्पेन्सेट गर्ने, सकिदैन भने कमसेकम त्यसबाट निम्तिने नकारात्मक प्रभाव इमान्दारिताका साथ सार्वजनिकरण गर्ने ताकी त्यसबाट निम्तिने प्रभावका बिषयमा मानव सचेत र जानकार रहुन। तर कुनै पनि स्थितिमा बातावरण मानव आवश्यकता र बिकासको विकल्प हुन सक्दैन।’
प्रतिक्रिया दिनुहोस्