जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार १५:३०

बागमति प्रदेशको नीति तथा कार्यक्रम पारित, एक ठाउँमा उभियो एमाले



हेटौंडा, जेठ २९ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ। बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बिहीबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई आज बहुमतले पारित गरेको हो /

छलफलमा सहभागि सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनका लागि सुझावसमेत दिएका छन । ९ जना प्रदेशसभा सदस्यले राखेको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ नेकपा एमाले एक ठाउँमा उभिएपछि बहुमतले पारित भएको हो ।