प्रेमराज सिम्खडा/ कालीकोट, असार १६
दुई धारमा रहेको नेकपा एमाले पछिल्लो समयमा एक हुने प्रयास गरिरहेको छ । केन्द्रमा जस्तै जिल्लामा पनि दुई समुहमा बिभाजन भएको एमालेमा पछिल्लो समय संस्थापन अर्थात पार्टी अध्यक्ष केपि शर्मा ओली पक्ष वलियो वन्दै गएको छ । नेकपा एमाले र माओबादी केन्द्रबाट बनेको नेकपा दुई भागमा बिभाजन हुँदा सानो संख्या रहेको एमाले कालीकोट अहिले आएर दुई तिहाई नजिक पुगेको छ ।
अदालतको फैसलापछि दुबै पार्टीलाई आ–आफ्नो स्थानमा फर्किन भनेपछि कालीकोट एमालेमा संख्या बढ्दै गएको हो । माओबादी केन्द्रबाट आएका नेता र पुर्व एमालेका नेताहरु गरी हाल जिल्ला कमिटीमा एक सय भन्दा बढी रहेका छन् । पार्टी अध्यक्ष नगेन्द्र शाहीले माधव समुहका १४ जना मात्र बैठकमा सहभागी नभएको बताउनुभयो । उहाँले पुरानो २०७५ साल जेठ २ गतेको एमालेका जिल्ला कमिटि सदस्य ७२ जना मध्ये २१ जना मात्र अनुपस्थित भएको बताउनुभयो ।
उहाँले पुरानो एमालेका ५१ जना जिल्ला कमिटि सदस्यले अध्यक्ष ओलीलाई समर्थन गरेर बैठकमा सहभागी भएको जानकारी गराउनुभयो । अध्यक्ष शाहीले २१ मा पनि केही साथीहरु वाटोका कारणले आउन भन्दै नसकेको एमालेमै रहेको खवर गरिरहनु भएको बताउनुभयो । पुरानो जिल्ला कमिटिका १४ जना मात्र सम्पर्कमा नरहेको दाबी गर्नुभयो । एमाले माधव समुहमा कालीकोटका तीन जना पदाधिकारी उपाध्यक्ष रमेश शाही, सचिव चित्रसिहं गाउँले र उपसचिव कमलवहादुर शाही छुटीएका छन ।
ओलि पक्षका नेता दयाराम सिम्खडाले माधव समुहमा रहनुभएका साथीहरु जेठ २ मा जाने केन्द्रको निर्णयपछि एकतामा सहभागी हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘मसँग केही माओबादीमा जाने साथीले भन्नुभएको छ, हामी जेठ २ को एमाले बने आउँछौं तपाईहरु पार्टी जोगाउनुहोस ।’ नेता सिम्खाडाले जेठ २ मा फर्किने केन्द्रको निर्णयले कालीकोट एमाले एकतावद्ध हुने बताउनुभयो ।
उहाँले एक दुई जना माओबादीमा जाने भन्दै जानेहरुको हर्कत राम्रो नभएको दावीसमेत गर्नुभयो । जिल्ला सदस्य खडानन्द चौलागाई, हाल मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको सचिवालयमा रहेका रविन्द्र शाहीलगायतका नेता बैठकमा सहभागी भएका छैनन् । भोलीको वैठकमा बाटोको समस्याका कारण आज अनुपस्थित नेताहरु सहभागी हुनुहुने ओली पक्षले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्