काठमाडौँ, १७ असार । सरकारी गाडी प्राइभेट बनाएर चढ्ने नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कार्यकर्ता लगाएर समाचार लेख्ने पत्रकार माथि ज्यान मार्ने धम्की दिनुभएको छ । कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता समेत रहेका जीवनबहादुर शाहीको बारेमा समाचार लेखेको भन्दै उहाँनिकट व्यक्तिहरुले पत्रकार शेरबहादुर थापाको घर घेराउ गर्दै ज्यान मार्ने धम्की दिएका हुन ।
नेता शाहीले सरकारी नम्बर प्लेटको प्राडो गाडीमा रातो नम्बरप्लेट राखेर चढिरहेको विषयमा समाचार प्रकाशित भएको थियो । सोही समाचारलाई लिएर आफूलाई शाहीका स्वकीय सचिव राजबहादुर रोकायालगायतले ज्यान मार्ने धम्की दिएको थापाले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्