काठमाडौं, असार २७ । सर्वाेच्च अदालतको फैसला अगावै एमाले एकजुट बनाउने कार्यदलको प्रयाश लगभग बिफल हुने देखिएको छ । बरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई हाताहाती अध्यक्ष चाहिने र त्यो पदबिना एमालेमा नफर्कने अडान राखेपछि अदालतको फैसलाअगावै पार्टी एकजुट रहेको सन्देश दिने प्रयाश बिफल बन्ने लक्षण देखिएको कार्यदलका एक सदस्यले बताए ।
सर्वाेच्च अदालतको संबैधानिक इजलाशले सोमवार प्रतिनिधिसभा बिघटन र प्रधानमन्त्री नियुक्ति प्रकरणको फैसला गर्ने मिति तोकेको छ । एमालेमा रहेरै माधवले आफूसहित २३ जना सांसदको हस्ताक्षर कांग्रेस सभापति शेरबहादुर देउवालाई बिक्रि गरेर राष्ट्रपति कार्यालयमा बुझाउनुका साथै अदालतमा समेत हस्ताक्षर बिक्रि गरेको प्रमाण दिनुभएपछि सर्वाेच्चमा मुद्धा चलिरहेको छ । माधवले सो मुद्धाअघि एमालेमा सहमति नगरी बिपक्षी गठबन्धनबाट लिएको बैना पचाउने र अदालतले सेटिङअनुसार फैसला दिए देउवातिरै लाग्ने योजना बनाउनु भएको छ । सोही कारण उहाँले कार्यदलमा सहमति जुटेको बिषयमा आफूलाई मान्य नहुने भन्दै सहमति नै खतरामा पारिदिनु भएको छ ।
माधव समुहबाट कार्यदलमा रहनुभएका अर्का सदस्यले जनताटाइम्सलाई दिएको जानकारीअनुसार माधवले आफूलाई अध्यक्ष केपी शर्मा ओलीको अधिकार बरावरकै अध्यक्ष चाहिने र महाधिवेशनपछि आफू एकल अध्यक्ष हुने ग्यारेण्टी चाहिने सर्त राख्नुभएको छ । माधवले आज बिहान आफ्नो पक्षका संयोजक भीम रावलसहित पाँचै जना सदस्यलाई आफ्नो निवास बोलाएर सहमतिका लागि अध्यक्ष र भावी अध्यक्षको ग्यारेण्टी गर्न निर्देशन दिनुभएको ती नेताले बताए । ‘लु लेखेर ल्याउनोस, मलाई अहिले नै ओली बरिावरको अधिकारसहित अध्यक्ष चाहिन्छ, महाधिवेशनपछि मलाई एकल अध्यक्ष चाहिन्छ,’ नेपालको निर्देशन उधृत गर्दै ती नेताले जनताटाइम्ससँग भने ।
यसको अलावा पार्टीमा अल्पमत बहुमतको आधारमा नभई सहमतिका आधारमा निर्णय गर्ने र सरकारमा ओली र आफ्नो बरावर हैसियतमा प्रतिनिधित्व गराउने तथा पार्टी कमिटीमा समेत आगामी दिनमा बरावरी हैसियत हुनुपर्ने थप सर्त पनि राख्नुभएको छ । माधवले शनिवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग भेटेपछि यी तीन नयाँ सर्त अघि सार्नुभएको हो । उहाँलाई प्रचण्डले सडकबाटै अध्यक्ष पद उपहार दिनुभएको थियो । एमालेमा मिल्नका लागि २०७५ जेठ २ मा फर्कनु पर्ने बिषयलाई बटमलाइन बनाउनु भएका माधवले बिधानमै नभएको कुरा बिधि र पद्धतीभित्र घुसाउनु भएको छ ।
एमालेको त्यसबेलाको बिधानमा दुई अध्यक्षको ब्यवस्था नै छैन । माधव तेस्रो बरियतामा हुनुहुन्छ । नेकपा एकता हुँदा माधवले झलनाथ खनाल आफूभन्दा जुनियर भन्दै आफू भन्दा तल्लो बरियतामा राख्न अध्यक्ष ओलीलाई बाध्य पार्नुभएको थियो । खनालले लामो संघर्ष गरेपनि नेपाल भन्दा खनाल माथिल्लो बरियतामा राखिए पनि माधवले महाधिवेशन अगावै पार्टीको नेतृत्व हत्याउन अनेकन षडयन्त्र गरी पार्टी नै बिभाजन गराउनु भएको थियो । दशौं महाधिवेशनअघि माधवले एमालेमा अध्यक्ष पद दावी गर्नु अनैतिकतको पराकाष्ट नै हो । उहाँ अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरी पराजीत हुनुभएको थियो ।
माधवको पछिल्लो सर्त एमालेको स्थापित बिधान, मान्यता बिपरित छ । माधवको यही सर्तका कारण आज सहमतिको मस्यौदामा हस्ताक्षर गरी स्थायी कमिटी बैठकबाट अनुमोदन गराउने कार्यदलको घोषणा तुहिएको छ । कार्यदलले सहमति जुटाएर आज ११ बजे स्थायी कमिटी बैठक राखी एमाले एकजुट भएको मस्यौदा सार्वजनिक गर्ने घोषणा गरेको थियो । तर माधवले लाज नै लजाउने गरी आफ्नो पदका लागि सवै बली चढन तयार हुनुपर्ने भन्दै उर्दी जारी गरेपछि कार्यदलको सवै प्रयाश बिफल बनेको हो ।
प्रतिक्रिया दिनुहोस्