काठमाडौं, साउन ३
साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ । तेजाबीको भाउ पनि आज तोलामा ६ सयले नै घटेर ९२ हजार १ सय रुपैयाँमा झरेको छ ।
आज चाँदीको भाउ पनि तोलामा एकैपटक २५५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १० रुपैयाँ कायम गरेको छ ।













प्रतिक्रिया दिनुहोस्