जनता टाइम्स

६ श्रावण २०७८, बुधबार १४:३८

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, साउन ६

आज सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ । तेजाबीको भाउ पनि आज तोलामा ७ सयले नै घटेर ९२ हजार रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ पनि तोलामा एकैपटक २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम गरेको छ ।