काठमाडौं, साउन १४ । आज नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ कायम भएको हो । बुधबार बजारमा छापावाला सुन पनि प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले नै बढ्दै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ। यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला चाँदी १ हजार २ सय ५५ रहेको थियो । भने आज मूल्य बढि प्रतितोला १२ सय ७० रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्