काठमाडौं, साउन १४ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको बहुप्रतिक्षित नयाँ टाटा नेक्सन ईभीको विक्री शुरु गरेको छ । यसअघि मंगलबार मात्रै सार्वजनिक गरेको टाटा नेक्सन ईभीको शुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । टाटा नेक्सन ईभी ३ वटा मोडेल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध छ ।
नेक्सन–ईभीको सस्तो भेरियन्टक एक्सएमको मूल्य ३५ लाख ९९ हजार मिडियम भेरियन्ट एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र टप भेरिएन्ट एक्सजेड प्लस लक्जरीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०।२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान भएको नेक्सन–ईभीमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । नेक्सन ईभी फुल चार्जमा ३ सय किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दावी छ ।
सिग्नेचर टिल ब्लु, ग्लेसियर ह्वाइट र मुनलिट सिल्भर गरी तीन कलरमा तीनवटै भेरिएन्टमा उपलब्ध अत्याधुनिक जिपट्रोन प्रविधिमा आधारित भई आकर्षक र सुरक्षित फिचर्समा निर्माण गरिएको कम्पनीको भनाई छ । सन् २०२० को जनवरीबाट भारतमा बिक्री वितरण शुरु भएको नेक्सन ईभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा करिब ४ हजार ५ सय भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले हालसम्म १८ वटा पुरस्कार जितेको कम्पनीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्