काठमाडौं, साउन १५ । आज सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९२ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ । तेजाबीको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ भने १५ रुपैयाँले बढर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १०१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।













प्रतिक्रिया दिनुहोस्