काठमाडौँ, साउन २८ । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला प्रा।लि। बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रा.लि.का अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घररजग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्ला प्रा.लि.ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहनेछ ।
हाल बैंकले घर कर्जाको लागि ७.९९ प्रतिशत (प्रिमियम सहित)को आकर्षक ब्याजदरमा बिशेष घर कर्जा योजना सिमित अबधिको लागि संचालन गरिरहेको छ ।ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्