काठमाडौं, साउन ३० । एनएमबि बैंकको नाफा झन्डै ६० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकले २ अर्ब ७३ करोड ५ लाख रुपैयाँ नाफा कमाएको हो । यो अघिल्लो वर्षको यस्तो नाफा १ अर्ब ७१ करोड रुपैयाँ मात्रै थियो । बैंकको नाफा बढ्नुमा इम्पेरिमेन्ट चार्जमा छुट्याउनुपर्ने रकममा भएको सुधार प्रमुख कारण रहेको छ ।
बैंकले अघिल्लो वर्ष यो शीर्षकमा १ अर्ब ६२ करोड रुपैयाँ छुट्याउनुपरेको थियो । यो वर्ष यो शीर्षकमा ३८ करोड रुपैयाँ मात्रै छुट्याइएको छ । इम्पेरिमेन्ट चार्ज घटे पनि रेगुलेटरी रिजर्भमा बैंकले झन्डै १८ करोड रुपैयाँ राख्नुपरेपछि बैंकको वितरणयोग्य नाफा २ अर्ब ३३ करोडमा झरेको छ । १६ अर्ब ३२ करोड चुक्ता पुँजी भएको यो बैंकको वितरणयोग्य नाफा करिब १४ रुपैयाँ भन्दा माथि हो ।













प्रतिक्रिया दिनुहोस्