काठमाडौं, साउन ३१ । नेपाल प्रहरीको नक्सालस्थित पेट्रोल पम्पमा भ्रष्टाचार भएको ठहरसहित त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । प्रहरी कल्याण कोषद्वारा संचालित सो पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रूपैयाँ बिगो दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो ।
बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरेको अनुसन्धानबाट देखिएकोले सो रकम बराबरको सार्वजनिक सम्पत्ति हानी नोक्सानी भएको ठहरसहित मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार भएको उजुरीपछि छानविन अघि बढाउँदा अनियमितता प्रमाणित भएको आयोगको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्