जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार १३:४८

ग्लोबल आईएमई बैंकको ४१ प्रतिशतले बढ्यो नाफा, वितरणयोग्य मुनाफा कति ?


काठमाडौं, साउन ३२ । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा ग्लोबल आईएमई बैंकको खुद नाफा ४१.८७ प्रतिशतले बढेको छ । बैंकले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासमा २ अर्ब ९० करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा बैंकको खुद नाफा बढेर ४ अर्ब १२ करोड पुगेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशतले बढेर ९ अर्ब नाघेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७६ करोड रहेको छ । बैंकको संचालन मुनाफा ३८.०५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड पुगेको छ । यस अवधिमा बैंकको निक्षेप २६.४३ प्रतिशतले बढेर २ खर्ब ६८ अर्ब पुगेको छ भने कर्जा प्रवाह २०.२६ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब पुगेको छ ।

२१ अर्ब ६३ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १९ अर्ब ५ करोड रहेको छ । बैंकको खराब कर्जा १.७६ प्रतिशतबाट घटेर १.४२ कायम भएको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १९.०८ रुपैयाँ, प्रति शेयर नेटवर्थ १५१.११ रुपैयाँ, र मूल्य आम्दानी अनुपात २३.१२ गुणा रहेको छ ।