जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार १०:०७

एनएमबि क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना संचालन गर्ने


काठमाडौ, भदौ ८ । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि आफ्नो पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि गर्ने भएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई नामको खुलामुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गर्न लागेको हो ।

जस मध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्काशन गर्ने क्यापिटलले जनाएको छ । ४ करोड इकाई मध्ये १४ प्रतिशत इकाई अर्थात् १ करोड ४० लाख इकैई कोष प्रबर्दक एनएमबि बैंकको लागि तथा १ प्रतिशत अर्थात् १० लाख इकैई योजना ब्यबस्थापक एमएमबि क्यापिटलको लागि छुट्याईएको छ । बाँकि रहेको २ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिनुपर्ने छ । यस निष्काशनमा छिटोमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई साउन २२ गते योजना संचालनको लागि अनुमति दिएको थियो ।