जनता टाइम्स

९ भाद्र २०७८, बुधबार १८:०८

धितोपत्र बोर्डबाट चन्द्र ढकालको राजीनामा


काठमाडौं, भदौ ९ । चन्द्र ढकालले नेपाल धितोपत्र बोर्डको सदस्यबाट राजीनामा दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बन्नुभएको उहाँले महासंघमार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको बताउनुभयो ।

धेरै कम्पनीमा आवद्ध रहेको भन्दै उहाँले आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्या हुने भएकाले राजीनामा दिएको सुनाउनुभयो । यसअघि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा मुछिएपछि ढकालको नाम पनि जोडिएको थियो ।