काठमाडौं, भदौ १७ । युवा युवतीबीचको सन्तुष्ट यौन सम्बन्धबारे एउटा रोचक तथ्य सार्वजनिक भएको छ । बेलायतमा हालै भएको एउटा अध्ययनमा कति औं नम्बरको यौन साथीसँगको सम्बन्ध सुखद र फलदायी हुन्छ भन्ने अध्ययन गरिएको थियो । सरदरमा कतिजनासंगको यौनसम्बन्ध पछि सम्बन्ध थप बलियो र जादुमयी हुन्छ भनेर नोट्टिङ्घम, व्रिष्ट्रोल र स्वान्सी समेत तीन विश्वविद्यालयका अध्ययनकर्ताहरुले गरेको अध्ययन जर्नल अफ सेक्स रिर्सचले प्रकाशित गरेको छ ।
अध्ययनले तिन नम्बरको अर्थात तेस्रो सम्बन्ध लाई रोचक मानेको छ । र, यो महिला र पुरुष दबैको हकमा लागु हुने अध्ययनको निश्कर्ष छ । अर्थात, तपाई यौनसाथीसँग स्वस्थ र सन्तुष्ट यौन सम्बन्ध कायम गर्न खोज्दै हुनुहुन्छ भने तपाँई तेस्रो हुनुपर्नेछ । वा तपाइको साथीले तपाइभन्दा पहिले दुई जनासँग यौन सम्बन्ध कायम गरिसकेको हुनुपर्नेछ । यौन जीवन सोचेजस्तै बनाउन तेश्रो नम्बर लक्की हुने अनौठो तथ्य सार्वजानिक गरिएको हो । अध्ययनले अर्को रोचक तथ्य पनि बाहिर ल्याएको छ ।
यदि कुनै महिलाले सातभन्दा बढि व्यक्तिसँग यौन सम्बन्ध राखेमा उनीहरु कम आर्कषक र यौन क्रियाकलापमा लामो समयसम्म सम्बन्ध कायम गर्न नसक्ने दावी गरिएको छ । अध्ययनका अनुसार पुरुषले भने ११ जनासम्म महिलासँग जादुमयी यौन सम्बन्ध राख्न सक्छन् । प्रमुख अध्ययनकर्ता डा. स्टिभ स्टेवार्ट विलिएम्सका अनुसार यौनमा इतिहासदेखि नै रहेको मान्यता भनेको अति धेरै यौन सम्बन्धमा पनि दीर्घकालिन सम्बन्ध स्थापित गर्न एउटा संख्यात्मक सम्बन्ध अनिवार्य शर्त हो । अर्थात आफुँले चाहेको यौन सम्बन्ध स्थापित गर्न महिलाहरु तिन देखि सात र पुरुषहरु तिन देखि ११ सम्मको संख्यामा लामो समयको सम्बन्ध स्थापित गर्ने गर्छन् ।
यो अध्ययन १८ देखि ३५ वर्षको वीचको महिला र पुरुषहरुमा गरिएको हो । अध्ययन प्रतिवेदन अनुसार सहभागीहरु कुमारीत्व तथा पूर्व यौन सम्बन्धको कम संख्यामा यौन सम्बन्ध राख्न इच्छुक देखिएका थिए । यो अध्ययनपूर्व गरिएका अध्ययनहरुले महिलाको हकमा पाँचौ नम्बरलाई लक्की मानिएको थियो भने पुरुषको हकमा ८ औं नम्बर रहेको थियो । अहिलेका अध्ययनकर्ता डा. विलिएम्सले यौनसम्बन्धको मामलामा महिलाहरु थोरै संख्यामा प्रतिबद्ध हुँदै गएको र पुरुषहरु झन बढि यौन सम्बन्ध कायम राख्न ईच्छुक हुँदै गएको दाबी गर्नुभएको छ । एजेन्सी













प्रतिक्रिया दिनुहोस्