काठमाडौं, असोज ३ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यहि असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ । बुद्धभुमि नेपालले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो। ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। क्यापिटलले दिएको जानकारीअनुसार बुद्धभुमि नेपालको आइपीओमा यहि असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन दिन सकिनेछ।आइपीओमा पर्याप्त आबेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आबेदन दिन सकिने छ तर आइपीओमा पर्याप्त आबेदन पर्ने सम्भावना अत्यधिक भएकाले इच्छुकले असोज ११ देखि १४ गतेसम्म नै आबेदन दिन उचित हुनेछ।
न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आबेदन दिन पाइनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आइपीओमा आबेदन दिन सकिनेछ। कम्पनीको आईपीओलाइ इक्रा नेपालले इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले बुद्धभुमि नेपालको आइपीओमा लगानी मध्यम जोखिम रहेको जनाउँछ।













प्रतिक्रिया दिनुहोस्