जनता टाइम्स

६ असार २०७६, शुक्रबार १४:१६

धादिङमा जिप दुर्घटना : ५ को मृत्यु, १० घाइते


काठमाडौं, असार ६

धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुदाँ ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। गल्छी गाउँपालिका ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गल्छी गाउँपालिका ६ का २५ वर्षीया नानु तामाङ, ३० वर्षीया कान्छी भुजेल, गल्छी ४ का ३८ वर्षीय सेते मिजार, २५ वर्षीय राजु रम्तेलको मृत्यु भएको हो ।

२१ वर्षीया समीक्षा अधिकारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा १० जना घाइते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि उनीहरुलाई काठमाडौं ल्याइँदैछ ।