जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार १७:४३

नेकपा एमालेको १०औं महाधिवेशनका लागि १५ सदस्यीय निर्वाचन कमिटी घोषणा, अध्यक्षमा डा. विजय सुब्बा


काठमाडौं, असोज १७ । नेकपा एमालेको प्रथम विधान महाधिवेशनले १०औं राष्ट्रिय महाधिवेशनको लागि केन्द्रिय निर्वाचन कमिटी घोषणा गरेको छ । एमलेले १५ सदस्यीय सदस्य रहने गरि निर्वाचन कमिटी घोषणा गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कमिटीको घोषणा गर्नुभएको हो । निर्वाचन कमिटीमा डा. विजय सुब्बा अध्यक्ष हुनुहुन्छ । यस्तै कानून व्यवसायीहरु महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, डा. कंङसाङ लामा, रिता सिंखडा, रञ्जु ठाकुरलगायत रहने गरि १५ सदस्यीय निर्वाचन कमिटी रहनेछन् ।

निर्वाचन कमिटी


अध्यक्ष – डा. विजय सुब्बा


महेश नेपाल, कानून व्यवसायी


सानुराजा पोखरेल, कानून व्यवसायी


बाबुराम दाहाल, कानून व्यवसायी


डा. कंङसाङ लामा, कानून व्यवसायी


रिता सिंखडा, कानून व्यवसायी


रञ्जु ठाकुर, कानून व्यवसायी


भरत पोखरेल, वुद्धिजिवी


टंक उप्रेती, कानून व्यवसायी


सुमित्रा विसी, नेतृ


पवित्रा निरौला, सांसद


यमकला घर्ती, नेतृ