जनता टाइम्स

७ असार २०७६, शनिबार १५:५५

नेकपाको सचिवालय बैठक बालुवाटारमा, निक्कै हसिलो मुहारमा देखिए सबै नेता


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । दिउसो साढे तीन बजेबाट शुरु भएको बैठकमा पार्टी एकताका बाँकी रहेका काम टुंगोमा पु¥याउने विषयमा छलफल शुरु भएको छ ।

नेताहरुका अनुसार आजको बैठकमा विशेषगरी जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने तयारी भईरहेको छ । यसैगरी नेताहरुको कार्यविभाजन, पोलिटब्युरो गठन, राजनीतिक प्रतिवेदन तयार पार्ने विषयमा पनि छलफल हुने बताइएको छ । राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेसलाई भ्रष्टचारीको संरक्षक पार्टी भएको उल्लेख गरिएको छ । बैठकमा सबै नेताहरु हसिलो मुद्रामा देखिएका छन् ।

नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे छलफल हुने जानकारी गराउनुभयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।
यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्यविभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटक÷पटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन । यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो ।