जनता टाइम्स

९ असार २०७६, सोमबार १२:२६

स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको लागि चिनियाँ कामदार निर्माण स्थलमा


काठमाडौं, असार ९

स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम सुरु भएको छ । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी स्तरोन्नतिको लागि चिनियाँ कामदार निर्माण स्थलमा आएका छन् ।

चिनियाँ कामदारमार्फत नै सडक निर्माणका लागि काम सुरु भएको सडक विभागले जनाकारी दिएको छ । विभागले हाल सडक सीमाभित्र रहेका घर–टहरा हटाउने र विद्युतका पोल सार्नेलगायतका काम भैरहेको छ । सडकको पोल सारेर नेपाली पक्षले चिनियाँ पक्षलाई खुला निर्माणस्थल दिनुपर्छ ।

चीनले स्तरोन्नति गर्ने यो सडक खण्ड १६ किलोमिटर लामो छ । दुई लेनको यो सडकले रसुवागढी नाकासम्मको आवात–जावत केही सहज बन्ने छ ।