जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार १०:२५

“पाले” बन्नुपर्ने “आले” बारम्बार रामेछाप आउनुको कारण यस्तो छ


नेकपा एकीकृत समाजवादीको रामेछापमा कम्तबिजोक हुनेगरी हरियो बत्ति बलेको प्रतीत हुन थालेको छ। सिन्का भाचेर गन्न सकिने नेताबाहेक देश र पार्टीलाई कुनै प्रकारले उपयोगी हुन नसक्ने व्यक्तिवादका पछाडी लागेका रामेछापका एउटा सानो झुन्ड “एस”मा रहेको छ। रानो बिनाको झुन्ड बेलाबखत यताउता भौतारी रहन्छ।एकीकृत समाजवादी रामेछापको अवस्था यस्तै छ।

नेपालका अन्य ठाउँ जस्तै। रामेछापमा एस पार्टीको जिल्ला कमिटी संरचना हेर्दा लाग्छ, एकीकृत समाजवादी एमालेको डम्पिङ साईड हो,जहाँ एमालेमा संगठित हुन योग्यता नपुगेकाहरुलाई डम्पिङ गरिएको छ।पार्टीकार्यलय हेर्दा बृद्धभत्ता लिनलाई बृद्धआश्रम खोली जेष्ठ नागरिकहरुको उद्दार गरेको जस्तो देखिन्छ । जहाँ जोश ,जागर भएका युवा भेट्न मुस्किल पर्छ।दुई चार जना मिलेर त संघ ,संस्था खोल्छ्न तर रामेछाप एमालेमा डम्पिङ गरिएकाहरुले पार्टीनै खोले जुन अप्राकृतिक देखिन्छ। यहाँ रामेछाप” एस”का केही क्रियाकलाप केलाउने प्रयास गरिएको छ।“एस” पार्टीलाई रामेछापमा नत जनताले साथ दिएका छन नत उनिहरुकै दोस्तहरुले। “एस” पार्टी निर्माण गर्न लागि परेका हस्तिहरुले पार्टी छोडिसकेका छ्न । पदलोलुप र राजनैतिक दाउपेचमा मायुर एकाधबाहेक सबै मुलघरमा फर्किसकेका छ्न।पार्टी खाली भैसकेको छ,काम केही छैन ।सर्सर्ती हेर्दा नेकपा एस रामेछापका सदस्यहरु कित कविता लेखेर समय व्यतित गर्छ् कि त मन्थलीको डेरिमा चिया र मोही पिएर। आयातीत मान्छे देखाएर रामेछापेलीलाई नेकपा “एस”ले भ्रमित बनाउन प्रयासरत देखिन्छ। आगन्तुक ल्याएर मुलघरकालाई त्रसित बनाउन रामेछाप “एस”लागेको देख्दा नाङ्लो ठटाएर बुहारी तर्साउने प्रयासगरेको बुझ्न सकिने रामेछापका अग्रज कम्युनिस्ट बुझाई छ।
“पाले” बन्नुपर्ने आले किन बारम्बार रामेछाप आउँछ्न।

सायद मन्त्री भएपछि आफ्नो गृह जिल्लामा मन्त्री प्रेमबहादुर आले पुगेका छैनन होला तर रामेछापमा किन आईरहन्छ्न। किनकि उनलाई राम्रोसँग थाहा छ।रामेछाप “एस”नेता कविता लेखेर बस्छ्न। जङ्गलको फोटो हेरेर बस्छ्न। युट्युमा कोठे भाषण अपलोड गरेर बस्छन् । को आफ्नो कमिटीको हो को हैन थाहानै नपाई प्रचार गर्छ्न। व्यक्तिलाई थाहा नदिई कमिटीमा राख्छ्न। भेलाका नाममा काठमाडौबाट आफ्नो लगानीमा खोलिएका रेस्टुरेन्टका कामदार ल्याउछ्न। भेला सिद्दिन्छ ,कामदार फर्कन्छ्न।

आलेले आफ्नो दक्षता बनमन्त्री हुँदा दिईसकेका छ्न। उनको दक्षताबाट स्कुलका विद्यार्थीहरु झुक्किएका थिए।आफ्नो शिक्षक सहि हुन कि आले ? बिद्यार्थी मानिसले रुखलाई अक्सिजन दिन्छ भनेर बेखबर थिए। आलेको समाजसेवात झन गजबको थियो। अनुदानमा आएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो चप्काउन उनलाई आफ्नो संबेदनसिल अङ्ग छोप्नु परेको थिएन।

पदको लागि गौहत्या गर्न पछि नपर्ने आलेलाई रामेछाप” एस” किन बारम्बार रामेछाप ल्याउछ। किनकी गफाडी आलेलाई रामेछापमा गफ दिन सजिलो हुन्छ। आलेले “तामाकोसीको ढुङ्गाले अक्सिजन दिन्छ र माछाले धान “भनेर भाषण गरे भनेपनि गडगडावट ताली पाउने व्यबस्था रामेछाप” एस”ले काठमाडौका कामदार ल्याएर गरेको उनलाई राम्रोसँग थाहा छ।त्यसैले “पाले” बन्नुपर्ने “आले” बारम्बार रामेछाप आउन लजाउदैनन।


तीनलालखबरबाट