जनता टाइम्स

१२ असार २०७६, बिहीबार ११:११

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता


 

जिरी, असार १२

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ ।

लामो समयको प्रयासपछि एउटा पाइप माथिबाट तल सफलतापूर्वक पुर्याएसँगै जडानकार्य पनि शुरु भएको छ । अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान शुरु भएको हो ।

माथिल्लो ठाडो सुरुङमा पाइप झारेपछि पुछारमा रहेको बेण्ड पेनस्टक पाइप मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कङ्क्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान शुरु हुनेछ । माथिल्लो पेनस्टक साफ्ट ३१० मिटरको छ ।