काठमाडौं, १२ मंसिर । चितवनमा जारी नेकपा एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी पूर्व माओवादी लडाकूहरूले आफ्ना पूर्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन्। उनीहरूले प्रचण्ड नेतृत्वको आफ्नो पूर्व पार्टी राजनीतिमा पटक–पटक चुकेकोले नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वमा आफूहरू गोलबन्द भएको प्रतिक्रिया दिएका छन्। महाधिवेशनले माओवादी छाडेर एमालेमा समाहित कैयन् नेता कार्यकर्तालाई उचित स्थान र जिम्मेवारी दिने आफूहरूको विश्वास रहेको उनीहरूले बताए। बिबिसीबाट
एमाले महाधिवेशनमा पूर्व लडाकू : प्रचण्ड चुकेपछि ओलीकै भर

प्रतिक्रिया दिनुहोस्