अखिलेश कुमार यादव
रौतहट, असार १३
जिल्ला प्रहरी कार्यालय रौतहटले २ जना मोटरसाइकल चोर पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्लाका २५ वर्षिय मुना पसवान र सोही स्थानका साहिल अंसारीे छन् ।
उनीहरुलाई गौरबाट राजपुरतर्फ जाँदै गर्दा राजपुर नगरपालिका वडा नं २ स्थित बम नहरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार गौर नगरपालिका वडा नं ५ स्थित बिपी चोकमा पार्किङ गरि राखिएको अरुण कुमारको विआर०५एस ९६९५ नं. को मोटरसाइकल चोरी भएको थियो ।
पक्राउ परेका दुवै जनालाई चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्