जनता टाइम्स

१९ असार २०७६, बिहीबार १४:२६

विकासको गतिसंगै लैजान गान्सुसंग भगिनी सम्बन्ध : मुख्यमन्त्री पौडेल


हेटौंडा, असार १९

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासका गति संगसंगै लैजान चिनको गान्सु प्रान्तसंग भगिनी सम्बन्ध जोडेको बताउनुभएको छ । चिनको ५ दिने भ्रमणका क्रममा विहिबार गान्सु प्रान्तमा भएको २५ औ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्दै उहाँले चिन तथा गान्सु प्रान्तको अभुतपूर्व विकासबाट नेपाल प्रभावित भएको धारणा राख्नुभयो ।

यो भन्दा अगाडि पनि राष्ट्रपति विद्यादेबी भण्डारीसंग चिनको भ्रमण गरेको स्मरण गर्दै मुख्यमन्त्री पौडेलले चिनसंग सदैब राम्रो सम्बन्ध हुने प्रष्ट पार्नुभयो । मुख्यमन्त्री पौडेलले दुई देशले एक अर्काको सार्वभौमिकता र संघीयतामा उत्तिकै सम्मान गरेको बताउँदै चिनसंग ऐतिहासिक, सांस्कृतिक, आर्थिक र भौगोलिक आधार पनि मिल्ने बताउनुभयो ।

चीनको विकासबाट नेपालले धेरै कुरा सिक्ने भन्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो,‘ चीन त विशेष छँदैछ त्यसमा पनि भगिनी सम्बन्ध स्थापना भएको गान्सुको विकाससंगै ३ नम्बर प्रदेश सरकारले पनि फाईदा लिन सक्नेछ ।’ गान्सु प्रान्तमा आफ्नो पहिलो भ्रमण रहेको स्मरण गर्दै उहाँले परिबहन सम्बन्धमा हस्ताक्षर गरेपछि सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनुभयो ।

नेपालले अहिले सुखि नेपाली सम्बृद्ध नेपालको नारालाई आत्मसाथ गराउन चीनमा भएको बिकासको भुमिका हुने पनि उहाँको भनाई थियो ।नेपालको ७ प्रदेशमा सबै भन्दा ३ नम्बर प्रदेश महत्वपूर्ण स्थानमा रहेको भन्दै २ तिहाई उद्योग पनि ३ नम्बर प्रदेशमा नै रहेको समेत उहाँले जानकारी दिनुभयो । संयुक्त उद्योग सञ्चालनको लागि विदेशी लगानीलाई नेपालले प्रोत्साहित गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेपाल धेरै क्षेत्रहरूमा व्यापारको लागि खुला रहेको भन्दै उहाँले निर्धक्क भएर लगानी गर्न पनि आग्रह गर्नुभयो । अहिले नेपालमा सडक यातायात, रेलवे, बिमानस्थल, जल यातायात, र सूचना प्रविधिको बिकास अपरिहार्य रहेको बताउनुभयो । नेपालले हाइड्रो, स्वास्थ्य, पर्यटन, कृषि, खनिज र ऊर्जाका क्षेत्रमा लगानी गर्न आब्हान गरिरहेको जानकारी दिनुभयो ।

नेपाल प्रति चीनले देखाएको सदासह्यतालाई प्रति उहाँले खुशी प्रकट गर्नुभयो । मुख्यमन्त्री डोरमणि पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने बताउनुभयो । “चीनको अभूतपूर्व आर्थिक विकासबाट धेरै प्रभावित हामी छौं, त्यसैले पनि चिनको बिकासबाट धेरै कुरा सिक्न सक्छौ’’ उहाँले भन्नूभयो ।

यो सम्बन्ध नेपाल र चीनबीचको विकास अनुभवको माध्यमबाट ऐतिहासिक सम्बन्धलाई बढावा दिन एक महत्वपूर्ण क्षेत्र हुन सक्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । नेपाल सङ्ग जोडिने रेलमार्ग पनि गान्सु प्रान्तकै लान्झाउ शहरबाट ३ नम्बर प्रदेशमा नै जोडिने भएकोले यो भ्रमणले बिशेष अर्थ राख्ने उहाको भनाई छ ।

चीनको भ्रमण रहनुभएका मुख्यमन्त्री पौडेल शुक्रबार सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गर्नहुने छ । २१ गते त्यहाँका उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकनको कार्यक्रम रहेको छ । यसै गरी भ्रमणका क्रममा सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्रको विकास तथा विद्युतिय सवारी संचालनका बिषयमा पनि थप छलफल हुने मुख्यमन्त्रीका स्वकीय सचीव अनुप पौडेलले बताउनुभयो ।

गान्सुसङ्ग गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो । मुख्यमन्त्री पौडेलसङ्ग उहाँकी धर्मपत्नी बिजया पौडेल, प्रदेश सभा सदस्यहरू जुनेली श्रेष्ठ, कंचन खनाल र राधा घले, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका उपसचिव भोला दाहाल र मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचीव अनुप पौडेल सहभागी छन । टोलि २३ गते नेपाल फर्कने कार्यक्रम छ ।

मुख्यमन्त्री पौडेल र ज्याङ यान्युबीच भेट

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तको रुरल वर्क प्लान एण्ड डेभलपमेन्टका डाईरेक्टर ज्याङ यान्युबीच बिहिबार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको आधुनिक कृषि प्रणालीबाट कृषिक्षेत्रको विकासका वियमा छलफल भएको हो । हाम्रो कृषि प्रणाली परम्परागत भएको भन्दै नेपालको कृषि प्रणालीमा अत्याधुनिक प्रविधि भित्र्याउन मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

चक्लाबन्दी, टनेल खेति गरी उत्पादनसंगै कोल्ड स्टोर निर्माया गरी सम्पूण कृषिका प्रकृया एकै स्थानमा गर्ने कार्यमा सहकार्य गर्न तयार रहेको डारेक्टर यान्युले बताउनुभयो । काभ्रे र मकवानपुरमा तरकारी, धादिङ र रसुवामा फुजी स्याउ उत्पादन हुने मुख्यमन्त्री पौडेलले जानकारी गराउनुभएको थियो । डारेक्टर यान्युले प्रदेश संग समन्वय गरी लगानीसहित काम गर्ने बताएको मुख्यमन्त्री डोरमणि पौडेलका स्वकिय सचिब अनुप पौडेलले जानकारी दिनुभयो ।