सुर्खेत, ९ फागुन । नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएको जिल्ला अधिवेशन सोमबारबाट सुरू भएको हो । यसअघि पहिलो पटक चिसोका कारण र दोश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियो ।
एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भन्नुभयो, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो । अब स्थानीय तहको चुनावमा केन्द्रीत हुने गरी अधिवेशन गर्न लागेका हौं।’ अधिवेशनका लागि सात गाउँपालिकाबाट एक सय २४ र जिल्ला कमिटीका एक सय ३५ जना गरी दुई सय ५९ जना अधिवेशन प्रतिनिधि छनोट भइसकेको बुमीले जानकारी दिनुभयो ।
अधिवेशनले नयाँ नेतृत्व छनोट गर्ने र सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिने कार्यवाहक अध्यक्ष बुमीले बताउनुभयो । ‘आंकाक्षी साथीहरू हुनुहुन्छ । तर, हामी सहमतिकै आधारमा नेतृत्व चयन गर्छौँ ।’ उहाँले भन्नुभयो, ‘सहमति हुन नसके प्रक्रियामा अगाडि जान्छ ।’ कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा अधिवेशन भइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्