जनता टाइम्स

१८ चैत्र २०७८, शुक्रबार १४:४७

पाल्पामा जिप दुर्घटना, चालकसहित ११ जना घाइते


पाल्पा, १८ चैत । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा आज बिहान जिप दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाष स्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो ।

घाइतेमध्ये भारत घर भएका २४ बर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ । सदैवाबाट बुटवल तर्फ जाँदै गरेको लु २ च १३०२ नम्बरको जिप बिहान सडकबाट अन्दाजी तीन मिटर तल खसेको थियो ।