जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार १६:०६

लुम्बिनी सरकार गठनमा एमाले, नेकपा र मसालबीच दुई बुँदे सहमति


काठमाडौं, साउन २७ । लुम्बिनी प्रदेश सरकार गठनका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालबीच दुई बुँदे सहमति भएको छ।

सहमति पत्रमा एमाले अध्यक्ष ओली, नेकपाका संयोजक प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गर्नुभएको छ।

सहमतिअनुसार लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख गरिएको छ।

त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनका विरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने विषयमा पनि तीन पक्षबीच सहमति भएको छ।

उक्त सहमतिसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक सहकार्यको आधार तयार भएको छ।