जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार १७:०३

बाँकेमा बसबाट खसेर परिचालकको मृत्यु


काठमाडौं, २२ चैत । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मा आज बसको ढोकाबाट खसेर परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय विनोद आचार्य रहेका छन् ।

बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका अचार्यको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काकरभिट्टाबाट सुर्खेततर्फ आउँदै गरेको ना ५ ख ३८३६ नम्बरको बसको ढोकाबाट आज बिहान साढे ११ बजे परिचालक आचार्य अचानक खस्नुभएको थियो । बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले नियन्त्रणमा लिएको छ ।