जनता टाइम्स

२४ चैत्र २०७८, बिहीबार ०७:२९

आर्थिक संकटमा मुलुक, भेनेजुयला र श्रीलंकाजस्तै बन्ने चिन्ता


काठमाडौँ, चैत्र २४ । बैंकहरूमा लगानी गर्ने रकमको अभावसँगै नेपालमा विदेशी मुद्राको सञ्चिति घट्न थालेको छ ।यी दुई किसिमको समस्याले गर्दा नेपाल पनि भेनेजुयला र श्रीलंकाजस्तै आर्थिक समस्यामा फस्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । यी दुईखाले समस्याको मूल कारणका रूपमा कोभिड महामारीलाई लिइए पनि यसको जड क्रिप्टोकरेन्सी, विटक्वाइन र अवैधानिक हाइपरफन्डलगायतका नेटवर्क बिजनेस रहेको पनि अर्थविद्हरू बताउँछन् ।

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूमा पैसा राख्न र झिक्न पनि गाह्रो भएकाले बैंकहरूमा निक्षेप नगरी घरमै रकम राखिएको भनिएता पनि यसको कारण भने हाइपरफन्डजस्ता फन्डमा अवैधानिक रूपमा पैसा गएकाले हो । रेमिट्यान्स नभित्रिनुमा कारण पनि हाइपरफन्डजस्ता नेटवर्क विजनेसमा गएको लगानीले गर्दा हो ।

भक्तपुरका एक इँटा व्यवसायी भन्छन्, ‘बैंकमा ब्याज नै कम छ, हाइपर फन्डमा १ लाख लगानी गयो भने १ वर्षमा नै साँवाभन्दा बढी ब्याज पाइन्छ ।’राष्ट्र बैंकले यस्ता लगानी अवैधानिक भने तापनि नेपालबाट दिनकै ५ करोडभन्दा बढी हुन्डीमार्फत र अन्य च्यानलबाट पैसा बाहिर जान थालेको छ । जसले गर्दा पनि बैंकहरूमा निक्षेप बढ्न सकेको छैन ।

राजधानी दैनिकबाट