काठमाडौैं, बैशाख २२ । पछिल्लो समय मुलुकको विदेशी मुद्रा सञ्चितिमा भइरहेको ह्रासले सबैको ध्यान तानेको छ। यसमा हाल सरकारले समेत चर्को आलोचना खेपिरहेको छ।
विदेशी मुद्रा सञ्चितिमा दबाब पहिलो पटक देखिएको होइन। यो समस्या सन् २०१६ यता टड्कारो भएको अध्ययनहरूले देखाएका छन्। हालै इन्स्टिच्युट फर इन्टिग्रेटेड स्टडिजका कार्यकारी निर्देशक विश्वास गौचनको अध्ययनले कुन अर्थमन्त्रीको पालामा विदेशी मुद्रा सञ्चिति अवस्था कस्तो थियो भन्ने विवरण सार्वजनिक गरेको छ।
ज्ञानेन्द्र बहादुर कार्की (०७४ जेठ – ०७४ माघ)
कार्कीले अर्थ मन्त्रालय सम्हाल्दा २०७४ जेठमा मुलुकको विदेशी मुद्रा सञ्चिति १० खर्ब ७० अर्ब रूपैयाँ थियो। उनी निस्किँदा भने २८ करोड डलरले यसमा ह्रास आएको थियो। आठ महिनाको उनको कार्यकालमा सञ्चिति यसरी घटेको थियो। ०७४ माघमा उनी निस्कदा १० अर्ब ४९ अर्ब सञ्चिति थियो।
डा. युवराज खतिवडा (०७४ फागुन – ०७७ भदौ)
खतिवडा आएपछि विदेशी मुद्रा सञ्चितिमा सामान्य वृद्धि भइरहेको थियो। ०७५ असोजमा यो ११ खर्ब २० अर्बसम्म पुग्यो। ०७६ जेठमा १० खर्ब ३० अर्ब रूपैयाँमा झर्यो। कोभिडका कारण आयात नै रोकिएपछि ०७७ भदौमा उनी निस्किँदा यस्तो सञ्चिति १४ खर्ब ३३ अर्बसम्म पुग्यो।
विष्णु पौडेल (०७७ असोज– ०७८ असार)
उनी अर्थमन्त्रीका रूपमा भित्रिँदा मुलुकको विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब रूपैयाँ थियो। उनी निस्किँदा यसमा ७१ अर्ब कमी आएको थियो। नौ महिना उनको कार्यकालमा सञ्चिति घटेर १३ खर्ब ९९ अर्ब रूपैयाँमा सीमित भएको थियो।
जनार्दन शर्मा (हाल अर्थमन्त्री)
गत नौ महिनामा विदेशी मुद्रा सञ्चिति २ खर्ब २८ अर्ब रूपैयाँ घटेको छ।













प्रतिक्रिया दिनुहोस्