जनता टाइम्स

२७ जेष्ठ २०७९, शुक्रबार १५:१३

बर्दियामा ७४ वर्षीय ठूलोबुबाबाट २१ वर्षीया छोरी बलात्कृत


बर्दिया, २७ जेठ । बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत हुनुभएको छ । उहाँलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उहाँकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो । पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राख्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।