जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार १५:१५

‘राेयल इन्फिल्ड बाईकमा धेरैकाे प्रविधिस‌ंगै ब्राण्डमा विश्वास छ’


पुलचोक इन्जिनियरिङ कलेजबाट मेकानिकल इन्जिनियरिङमा ग्रेजुएट गरेका सरोज खड्का दुई वर्ष देखी रोयल इन्फिल्ड एम.भी डुगर ग्रुपमा सर्भिस एण्ड ट्रेनिङ प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ । विश्वमा राम्रो बाण्डको रूपमा स्थापित गराउन सफल रोयल इन्फिल्डको नेपाली बजार कस्तो छ ? सिर्भिस एण्ड स्पेयर पार्टस्को फेसिलिटी र नयाँ कुन मोडल आउँदैछ भन्ने विषयमा सरोज खड्कासँग गरिएको कपाेरेट कुराकानीः

दुई पांग्रो सवारीको बजार कस्तो छ ?

दुई पांग्रोको लो सेगमेन्टमा धेरै बाण्ड भएर च्यालेन्ज छ तर मार्केट एकदम पोटेन्सियल छ । हामी मिड सेगमेन्टमा भएको कारणले वान अफ द रुलर्स नै हो, मिड सेगमेन्टको लागि । नेपालमा मात्र भारतमा पनि मिड सेगमेन्टमा रोयल इन्फेल्ड अगाडि छ । २५० सीसी देखी ६५० सीसीसम्म हामीले ब्रिकि गरिरहेका छौं ।

रोयल इन्फेइल्डको नेपाली मार्केटमा कति छ खपत ?

हाम्रो वार्षिक टार्गेटको रूपमा हुन्छ । गत आर्थिक वर्षमा ५ हजार ५ सय मोटरसाइकल हामीले बेचेको हो । यो वर्षको हाम्रो टार्गेट भनेको ६ हजार हो ।

सबैभन्दा रुचाएको बाइक कुन हो ?

क्लासिक ३५० हाम्रो सबै भन्दा बिक्री हुने बाइक हो । विश्वभरि नै हेरियो भने पनि यो अत्याधिक रुचाइएको बाइक हो ।

रोयल इन्फिल्डको टर्गेट ग्रुप कुन हो ?

हाम्रो कुनै टार्गेट ग्रुप भन्ने नै हुँदैन । १८ वर्षको युवादेखि ८० वर्षको वृद्धपनि हाम्रो मोटरसाइकल चढिरहेका हुन्छन् । एउटा उदाहरण दिन्छु, नाडा अटो शोमा एक जना वृद्ध आएर सुनाउँदै हुनुहुन्थ्यो – २० वर्षदेखिीरोयल इन्फेल्डको मोटरसाइकल चढिरहेको छु  । हामीले कहिले पनि उमेरलाई टार्गेट गरेर बजार प्रवद्र्धन गरेका छैनौं ।

अरू मोटरसाइकल चढ्नु र रोयल इन्फिल्ड चढ्नुमा के फरक छ ?

रोयल इन्फिल्ड प्रविधिसंगै यसको ब्राण्डमा धेरैको विश्वास छ । हामीले १०० वर्ष अघि जुन लुकमा बाइक बेचिरहेका थियौं, अहिले प्रविधिको अपग्रेड गरेर बेचिरहेका छौं । यतिमा मात्र ग्राहक सन्तुष्ट हुनुहुँदैन, उहाँहरूले खोज्ने भनेको सर्भिसिङ एण्ड स्पेयर पार्टस् हो । जुन हाम्रो एकदम राम्रो छ ।

बिक्री भइसकेपछि सबै भन्दा बढी ग्रहाकको चासो सर्भिसिङमा हुन्छ । कसरी सन्तुष्ट पार्नहुन्छ ?

बजारमा एउटा ठट्टा चल्छ– बुलेटलाई पाल्न सक्नेले दुइटा बुढी पनि पाल्न सक्छ । तर हाम्रो कम्पनीको बाइक हेर्ने हो भने त्यो भनाई लागु हुँदैन । लो सेगमेन्टको बाइकमा जस्तै हाम्रो कम्पनीले पनि सजिलै र सस्तोमा पाइरहनु भएको छ । स्पेयर पार्टस् पनि हामीले अहिले १३ प्रतिशतले घटाएका छौं । नेपालका मुख्य शहरमा हामीले सर्भिस दिने गरेका छौं । मेन्टेनेन्स खर्चदेखि सबैकुरा एकदम कम खर्चमा हुन्छ । मिड रेन्जका अन्य कम्पनी र हाम्रो तुलना गर्नुभयो भने हाम्रो एकदमै कम छ । अहिले हामीले वार्षिक मेन्टेनेन्स कन्ट्रयाक्ट अनुसार पनि सर्भिस दिएका छौं । सर्भिसमा चाहिँ हामी एग्रेसिभ भएरै लागेका छौं ।

मानौं हामी काठमाडौंबाट चितवन जाँदैछौं । मुग्लिनमा बाइक व्रिगियो तर तपार्इंहरूको सर्भिस पोइन्ट त्यहाँ छैन भने कसरी सर्भिस दिनुहुन्छ ?

यसमा हाम्रो दुईटा पाटो छ । वार्षीक सर्भिस कन्ट्रयाक्ट गरेको ग्राहकलाई कुनै पनि हिसाबले सर्भिस दिन्छौं । पहिलेकै सहमति अनुसार सर्भिस पोइन्टबाट कति टाढा छ, त्यसैअनुसार शुल्क लिन्छौं । बाइक वारेन्टीमा छ भने त फ्रि सर्भिस नै हुन्छ । तर कसैको मनाङ मुस्ताङमा गएरै बाइक बिग्रियो भने हामिले स्पेयर पार्टस् पठाइदिन्छौं । त्यहाँको लोकल मेकानिकलाई फोनमार्फत वा भिडियो मार्फत सल्लाह दिन्छौं । त्यसरी बनाएका उदाहरण पनि छन् । जहाँ भएपनि सर्भिस हामी दिन्छौं, कहिलेकाहिँ कतै ढिलो हुनसक्छ ।

काठमाडौं उपत्यका बाहिर कुन शहरमा धेरै बिक्री हुन्छ ?

बाइक सेल्सको रूपमा हेर्ने हो भने चितवन र पोखरामा धेरै छ । त्यसपछि आउँछ बुटवल । स्पेयर पार्टस्देखि सर्भिरमा भ्यालि पछिका सेकेन्डरी मार्केट हुन् ।

आर्थिक वर्ष ७५÷७६मा सरकारले मिड र प्रिमियम बाइकमा कर बढाएको थियो, यसले तपाईंहरूको बजारमा कत्तिको प्रभाव प¥यो ?

सरकारले ल्याएको नीतिले बढी हिट गरेको भनेको मिड र प्रिमियम बाइकमा नै हो । १५० सम्मकालाई त्यसले खासै असर गरेन तर हाम्रो त ३५० र ४५० सीसीका बढी हुन । त्यसले आर्थिक वर्ष ७५÷७६ को हाम्रो लक्ष्य पूरा हुन सकेन । यसले धेरै प्रभाव पारेको छ । ७६÷७७ को बजेटमा कर नबढेकोले हाम्रो बजार सन्तुलन हुने विश्वास लिएका छौं ।

महंगो बाइक बैंक ग्यारेन्टी भयो भने किन्ने ग्रहाक बढी हुन्छन् होला…

हाम्रोमा ८० प्रतिशत ग्राहक क्यासमै किन्ने हुनुहुन्छ । २० प्रतिशत हो बैंक ग्यारेन्टी खोज्ने । त्यसमा पनि केही संस्थाबाट हुनुहुन्छ । लोन लिएर हाम्रो बाइक खरिद गर्ने ग्राहक एकदम कम हुनुहुन्छ । हामीले ग्राहकले चाहेमा लोनको सुविधा पनि छ । लुम्बिनी विकास बैंकसँग टाइअप गरेर सहजकर्जा उपलब्ध गराउने गरेका छौं । तर यो संख्या न्युन छ ।

चढेको केही वर्षपछि बिक्री गर्छु भन्दा ‘रिसेल भ्यालु’ कस्तो छ ?

रोयल इन्फिल्डको सबै भन्दा राम्रो रिसेल भ्यालु भएको क्लासिक ३५० हो । ग्राहकको लागि रिसेलको लागि ठाउँ–ठाउँमा क्याम्प गरिरहेकै हुन्छौ । रिसेल क्याम्प, एक्स्चेन्ज क्याम्प भ्याली बाहिर पनि धेरै ठाउँमा गरिरहेका छौं । धेरै ग्राहकको अन्तत चाहना रोयल इन्फिल्ड नै हुने हुँदा हामीले अर्को कुनै कम्पनिको बाइकसँष् एक्स्चेन्ज अफर गरिरहेका हुन्छौं ।

हरेक वर्ष नाडा अटो शो हुन्छ, यो वर्षको नाडा शो के छ ग्राहकको लागि नयाँ मोडल ?

यो पटक हामिले एबिएस र ६५० मा जीटी र सीसी हाम्रो प्राथमिकता छ । एबिएस बिक्री गर्ने हिसाबले शो गर्दैछांै भने ६५० अहिलेलाई शो को रूपमा प्रयोग गर्ने तयारी गरेका छौ ।

सेगमेन्ट अनुसार हेर्दा मार्केटमा तपाईंहरूको प्रतिस्पर्धी को हो ?

भारतमा हेर्ने हो भने जाभा छ । तर नेपालमा हेर्ने हो भने सिसिको सेगमेन्टमा केटीएम र भेनली छ । विक्रीलाई हेर्ने हो भने हामी बजारमा एक्लो हो । हाम्रो सेगमेन्टमा अहिलेसम्म बजारमा कुनै प्रतिस्पर्धी छ जस्तो लाग्दैन ।

बजारमा राम्रो छवि बनाउन सक्नुमा के कुराले मुख्य सहयोग गरेको छ ?

तिनवटा कुरा कारक मानेका छौं । ब्राण्ड, कस्टोमर बोन्डिङ र सर्भिस हो । कस्टोमर बोन्डिङ हाम्रो सपोटिभ हो । आरई फेमली भन्छौं हामीले । रोयर इन्फिल्ड किनेपछि हाम्रो परिवारको सदस्य बन्नुभयो । हामीले टुरिङ लिएर जान्छौं । यसले ग्राहकलाई राम्रो प्रभाव परेको छ । अर्को हाम्रो सर्भिस नै हो । धेरै ठाउँमा सर्भिस पोइन्ट खोलिरहेका छौं ।