जनता टाइम्स

८ असार २०७९, बुधबार १९:२४

सुर्खेत–दैलेख सडक खण्डको कपासे नजिकै बोलेर जीप दुर्घटना : एकको मृत्यु, चार जना घाइते


सुर्खेत, ८ असार । सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखिमाथिको मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटजामा एक जनाको मृत्यु भए पनि उहाँको पहिचान खुलेको छैन ।

दुर्घटनामा चार जना घाइते छन् । उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।