जनता टाइम्स

२० असार २०७९, सोमबार १८:०२

हुम्लामा हिँड्दा हिँड्दै एक महिलाको मृत्यु


हुम्ला, २० असार । खार्पुनाथ गाउँपालिका–३ बाट काम विशेषले सदरमुकाम सिमकोट हिँडेकी एक महिलाको बाटैमा ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्षीया सप्पा बुढा रहनुभएको छ । प्रहरीले उहाँ सदरमुकाम सिमकोटनजिक पुग्न लागेको बेला बाटैमा ज्यान गएको जनाएको छ ।

हिजो बिहान ९ बजे घरबाट सिमकोटका लागि हिँड्नुभएको उहाँ सिमकोटनजिकै मेलगुडीमा चार बजेतिर बेहास भएको र त्यसपछि गाडीमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको आज अन्तिम संस्कार गरिएको छ ।