जनता टाइम्स

२२ असार २०७९, बुधबार १९:१०

अरिङगालले टोकेर बालकको मृत्यु


सल्यान, २२ असार । सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका–४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिङगालले टोकेको थियो ।

रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बालक रानालाई धेरै वटा अरिङगालले एकै पटक टोकेका थिए ।